गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ

सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापासँग अदालतको अवहलेना सम्बन्धमा लिखित जवाफ माग गरेको छ ।

मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो।

सर्वोच्चका प्रवक्ता अच्युत कुईँकेलका अनुसार सात दिनभित्र जबाफ पेस गर्न आदेश भएको छ । ‘आफै‌ँ वा आफ्ना कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्न आदेश भएको छ,’ कुईँकेलले भने।

आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले अवहेलनाको रिट दर्ता गरेका थिए ।

Share your love